

-
रुकुमपूर्व । रुकुमपूर्वका युवा पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । जिल्लाको सिस्ने गाउँपालिका–५ का टाकुरा, ह्याप्ला, दुधिल्लागैरा वडा नं ६ का पाखागाउँ, दाङ्चा, ढकालबारा, लुस्पालगायतका विभिन्न ठाउँमा तरकारी खेती गरेर युवाले मनग्य आम्दानी लिइराखेछन् ।
सिस्ने गाउँपालिका–५ का प्रकाश बिसी र विमल बिसीले बेमौसमी तरकारी खेतीबाट आम्दानी लिएको जानकारी दिनुभयो । उहाँहरु सहोदर दाजुभाइ हुनुहुन्छ । उहाँहरुले तरकारी खेतीबाटै वार्षिकरूपमा रु छ देखि सात लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विसं २०६३ बाट शुरु गरेको तरकारी खेतीलाई ती दाजुभाइले निरन्तरता दिँदै आउनुभएको छ । बारीमा बन्दा, काउली, टमाटर, लसुन, प्याज, सागलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । अहिले पनि उहाँको बारीमा टमाटर लटरम्म फलेको छ । त्यसैगरी प्याज, मुला, सागलगायतका तरकारी छन् ।
पछिल्लो समय रुकुमकोट रुकुमपूर्वको सदरमुकाम बनेपछि उत्पादित तरकारी सबै खपत हुने गरेको प्रकाश बिसीले जानकारी दिनुभयो । “उत्पादित सबै तरकारी बजार लग्नुपर्ने बाध्यता छैन”, उहाँले भन्नुभयो, “तरकारी खोज्दै मानिसहरु घरमै किन्न आउँछन् ।” अग्र्यानिक तरकारी उत्पादन गर्ने भएकाले मानिसले आफूले उत्पादन गरेको तरकारी सबैले मन पराउने गरेको जनाइएको छ ।
सिस्ने गाउँपालिका–६ की सुगन्धा मल्लले छ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी खेतीबाट मात्रै वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । तरकारी मात्र नभएर उहाँले विभिन्न प्रकारका बिरुवा पनि उत्पादन गर्दै आएको जानकारी दिनुभयो । पछिल्लो चरणमा रुकुमकोटमा विस्तार हँुदै गरेको बजार, बढिरहेको जनसङ्ख्याले गर्दा बजारको समस्या नरहेको उहाँले बताउनभयो । तरकारी बिक्रीका लागि बजारको चिन्ता गर्नु पर्दैन, ग्राहक बारीमै पुगेर ताजा तरकारी लिने गरेका छन्”, उहाँले भन्नुभयो ।रुकुमकोटमा उत्पादित तरकारी अहिले रुकुमकोट उपत्यकामै खपत हुने गरेको छ । जिल्लामा विषादी प्रयोग अझै नभित्रिएकाले युवाले गरेको अग्र्यानिक तरकारी उत्पादन सबैको रोजाइमा पर्ने गरेको छ । यहाँका युवाले प्रदेशको लगानीबाट तरकारी खेती गरिरहेका छन् । कतिपयले आफ्नै लागानीबाट पनि तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले अनुदान उपलब्ध गराएपछि आफू कृषिमा होमिन उत्साहित भएको सिस्ने गाउँपालिका वडा नं ५ की रत्ना बिसीले बताउनुभयो । तरकारी उत्पादनमा युवाहरु आकर्षण भए विभिन्न रोगले उनीहरुलाई आतङ्कित बनाउने गर्दछ ।
बारीभरि तरकारी लगाएर मेहनतको फल पाउने बेलामा विभिन्न किसिमका किरा, भुसुना लागेर क्षति पुर्याउने गरेको सिस्ने गाउँपालिका–५ भाटलराउनेका टेकबहादुर रोकाले जानकारी दिनुभयो । किराले बेलाबेलामा सताइरहने हुँदा माटो परीक्षण, उपयुक्त बीउ, दक्ष प्राविधिक, रोगको पहिचान, तरकारी खेतीसम्बन्धी तालीमलगायतका विषयमा व्यवस्थापन गर्न स्थानीय सरकारले सहयोग गर्ने अपेक्षा आफूले गरेको पनि उहाँले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, माघ १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



