

-
काठमाडौं : बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक देखिएको छ । गत असोजको दोस्रो साताको बाढी पहिरोका कारण क्षति पुगेको उक्त राजमार्ग पुनर्निर्माण गर्न जापान सकारात्मक देखिएको सडक विभाग स्रोतले बताएको छ ।
‘कूटनीतिक मर्यादा ख्याल गर्नुपर्छ । जापानले सहयोग गर्ने भन्ने छ । त्यो विषय टुङ्गियो कि टुङ्गिएन भन्ने विषयमा नेपाल सरकार, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा सोध्नुपर्ने हुन्छ,’ विभाग स्रोतले भन्यो, ‘अनुदान दिने कि ऋण सहयोग गर्ने फाइनल भएको छैन । ऋण आउने हो या अनुदान सहयोग आउने हो । आउने हो भने ठाउँ छाड्नु पर्यो। नभए आफ्नो हिसाबले काम गर्नुपर्यो ।’
सोमबार जाइकाको टोलीले भौतिक पूर्वाधार यातायात मन्त्रालय र विभागसँग थप छलफल गर्ने कार्य तालिका छ । सो छलफलले सबै विषय टुङ्गो लाग्ने विभाग स्रोतको भनाइ छ ।
उक्त विषय टुङ्गो लागेपछि स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान हुने विभाग स्रोतले बताएको छ ।
गत मंगलबार मात्रै अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सहमति दिएको थियो । यो राजमार्ग पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको हो । यसमध्ये बीपी राजमार्ग भक्तपुर खण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र बीपी खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँको स्रोत सुनिश्चितता भएको छ । यसमध्ये यी दुवै खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ । यसैगरी अस्थायी सडक पुनर्निर्माणका लागि बीपीको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने जनाइएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जाइकाले पुनर्निर्माणबारे अध्ययन गरेको हुनाले निर्माणमा पनि सहयोग गर्नसक्ने बताए । तर, निर्णय आइनसकेकाले यसै हो भन्न नसक्ने भण्डारीले तर्क गरे ।
‘जाइकाले पहिला पनि अध्ययन गरेको भन्ने आएको थियो । तर निर्माणका लागि उहाँहरूको निर्णय आउनुअघि नै स्रोत सहमति गरियो । त्यसअनुसार यो वर्ष ८८ करोड निकासा पनि भएको छ,’ प्रवक्ता भण्डारीले भने, ‘पहिला पनि उहाँहरूले बनाइदिएको सडक हो । जापान सरकारले फेरि पनि सहयोग भए स्वीकार गर्न सकिन्छ ।’
पुनर्निर्माणमा ढिला भएका कारण विपद् प्राधिकरणको विपद् कोषको रकमबाट बजेट खर्च गर्नेगरी स्रोत सहमति भएको उनले बताए । ‘मन्त्रालय हुँदै अगाडि बढाएको कुरा हो । अलिकति ढिला पनि हुन्छ कि भनेर पनि होला,’ प्रवक्ता भण्डारीले भने, ‘भौतिक मन्त्रालयले स्रोत मागेपछि स्रोत सहमति दिएका हौँ ।’
बीपी राजमार्ग ९धुलिखेल–बर्दिबास० करिब १६० किलोमिटर लामो सडक जापान सरकारकै आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग सन् २०१५ मा सम्पन्न भएको थियो, जसको लागत २६ अर्ब येन बराबर छ ।
२०७२ सालको भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला पनि जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो ।
गत असोजको दोस्रो साता आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्डमा ८।७ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ । यो खण्ड पूर्ण रूपमा नदीले कटान गरेको हुनाले तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था छैन ।
यो सडक निर्माणका लागि दुई वर्ष लाग्ने सरकारको प्रारम्भिक अध्ययनले देखाएको छ । तत्कालका लागि सरकारले पहिलो चरणको अस्थायी पुनर्निर्माण गरेर असोज अन्तिमदेखि नै सञ्चालनमा ल्याएको थियो । तर उक्त सडक अहिले सञ्चालनमा आएको भएतापनि वर्षायाममा सञ्चालन गर्न कठिन छ ।
जापानी पक्षसमेतसँग छलफलपछि स्थायी रूपमा पुनर्निर्माणका लागि सडक विभागले १० दिनभित्र ठेक्का आह्वान गर्नेगरी तयारी गरेको विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
‘सरकारले स्रोत सहमति दिइसकेको छ । के कसरी ठेक्का आह्वान गर्ने भन्ने विषयमा छलफल हुँदैछ,’ उनले भने,‘जतिसक्दो छिटो बीपी राजमार्ग ठेक्का टुङ्गिन्छ ।’
News Desk 0 response आइतवार, फाल्गुन ११, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


