

-
काठमाडौं : वडासचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हान्ने तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए ।
उपरीक्षक शाहीका अनुसार वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भने पनि सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका कुटपिट गरेका थिए ।
तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च नखुलाएका स्वीकृत गर्न नसक्ने बताएका थिए । सचिव भुसालले प्रहरीसँग घाँटी अँठ्याएर झापड हानेको जानकारी दिए छन् । तर, गाउँपालिकाका अध्यक्षले भने सामान्य वादविवाद भएको जानकारी दिएको उपरीक्षक शाहीले बताए ।
वडासचिवको घाँटी र गालामा निल डाम रहेको उनले जानकारी दिए । भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले दिएको जाहेरीका आधारमा वडाध्यक्ष गुरुङलाई इलाका प्रहरी कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको उपरीक्षक शाहीले जानकारी दिए ।
‘वडासचिवलाई उपचारका लागि पठाइएको छ र वडाध्यक्षलाई नियन्त्रणमा लिएका छौँ,’ उपरीक्षक शाहीले रातोपाटीसँग भने, ‘उजुरीका आधारमा भोलि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ ।’
गाउँपालिकाका कर्मचारीहरूले वडासचिवमाथि घाँटी नै अँठ्याएर र हातपातसमेत भएकाले कारबाहीको माग गरेका छन् । ज्यानै मार्ने गरी आक्रमणमा उत्रिएका वडाध्यक्षलाई जोगाउन राजनीतिक दबाब आउन सक्ने भन्दै त्यसको सशक्त विरोध गर्ने उनीहरूले जनाएका छन् ।
वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित भएका हुन् ।
News Desk 0 response सोमवार, फाल्गुन ५, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


