

-
काठमाडौं : नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ ।
बैठकले इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको मोडालिटीलाई अनुमोदन गर्ने तयारी छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि यी प्रसारणलाइन बन्नु महत्त्वपूर्ण छ ।
ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली हिजो भारत गइसकेको छ ।
गएको माघ ९ गते दुई देशका ऊर्जा सह–सचिवस्तरीय संयुक्त कार्यदलको बैठकले दुई अन्तरदेशीय प्रसारणलाइन निर्माणको मोडालिटी टुङ्गो लगाएको थियो ।
नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव सन्दिव देवले नेतृत्व गरेको बैठकले दुई वर्षदेखि टुङ्गो लगाउन नसकेको इनरुवा–पूर्णिया र दोधारा–बरेली प्रसारणलाइन निर्माणको मोडालिटी टुङ्गो लगाएको थियो ।
यसबाहेक सचिवस्तरीय बैठकमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता आठ सयबाट बढाएर एक हजार मेगावाट पुर्याउने, चमेलिया–जौलजीवी दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको डीपीआर यसैवर्ष सम्पन्न गर्ने, सन् २०३५ सम्ममा चार सय केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने सहसचिव स्तरीय सहमतिलाई अनुमोदन गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।
News Desk 0 response मङ्लबार, माघ २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



