

-
काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कीर्तिपुरको त्रिवि मैदानमा यही माघ १७ गते आउने बिहिवारदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिदेशीय शृङ्खला हुँदै छ ।
नेपाली टोलीमा हालै मलेसियामा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ । सबै टोलीले आपसमा २र२ पटक प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन् । माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।
News Desk 0 response सोमवार, माघ १४, २०८१

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



