

-
काठमाडौं : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १३ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।
बङ्गलादेशका लागि सादिया इस्लामले १६ र सुमैया अक्टरले १२ बनाए । नेपालकी पुजा महतो, सिमाना केसी, रचना चौधरी र रिया शर्माले सामन एक विकेट लिए ।
त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको नेपाल १८ ओभर दुई बलमा ५२ रन बनाउँदा अलआउट भयो । नेपालका लागि साना प्रभिनले सबैभन्दा धेरै १९ रन बनाइन् । यस्तै सिमाना केसीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बङ्गलादेशकी जन्नतुल माउले दुई विकेट लिइन् । यस्तै निशिता अक्टर निशि, फाहोमिदा चोया र सुश्री अनिसा अख्तर सोबाले समान एक विकेट लिए ।
आजै भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको छ । स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो ।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।
समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।
News Desk 0 response शनिबार, माघ ५, २०८१

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



