

-
काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ‘सुपर–फोर को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो ।
नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।
यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले १र१ विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो ।
बङ्गलादेश ‘सुपर–फोर’ मा दोस्रो स्थानमा रहेर फाइलनमा पुगेको हो । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । आज बिहान भएको ‘सुपर–फोर’ को खेलमा श्रीलङ्कालाई हराउँदै भारत शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतवार हुनेछ ।
News Desk 0 response शुक्रबार, पुस ५, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



