

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार बिहान हुने २४ औँ खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज खेल्दैछन् । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोलीको यो छैटौँ खेल हो । दुवै टोलीले यसमध्ये समान २ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् । दुवै टोलीले ४ अङ्क बटुल्दै छैटौँ र सातौँ स्थानमा विराजमान छन् ।
पोखराले पछिल्लो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यो एनपीएलमा खेलिएको पहिलो सुपर ओभर थियो । उता, काठमाडौं भने जनकपुर बोल्ट्ससँग ५ विकेटले स्तब्ध बनेको थियो ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो ।
एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
काठमाडौं गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौं गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौं गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । काठमाडौं गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । काठमाडौं गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।
पोखराका लागि आन्द्रियस गाउसले सर्वाधिक १८८ रन बनाएका छन् । त्यसतै, दिनेश खरेलले १०९ रन बनाएका छन् । टोलीका लागि विपिन खत्रीले सर्वाधिक ६ विकेट लिएका छन् भने रेमन रिफर र सागर ढकालले ४–४ विकेट हात पारेका छन् ।
यता, काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक ८७ रन बनाएका छन् । त्यसतै, जेरहार्ड इरासमसले ७३ तथा स्टेफन इस्किनाजीले ७२ रन जोडेका छन् । कप्तान करन केसीले सर्वाधिक ८ विकेट तथा इरासमसले ७ विकेट लिएका छन् ।
News Desk 0 response शनिबार, मंसिर २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



