

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको छ । पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।
कर्णालीका लागि सबैभन्दा धेरै गुल्सन झाले अविजित ४९ रन बनाए र यस्तै चाडविक वाल्टनले ४२ रन बनाए । पोखराका विपिन कार्की र सागर ढकालले समान एक विकेट लिए ।
त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा एक सय तीन रनमा अलआउट भयो । पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । यस्तै आन्द्रेस गौसले २५ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।
आजको जीतसँगै कर्णाली पाँच खेलमा छ अङ्कसहित चौथो स्थानमा छ भने चार खेलमा दुई अङ्कसहित पोखरा सातौं स्थानमा छ । नेपाल प्रिमियर लिग ९एनपीएल० मा भोलि बिहान नौ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा दिउँसो एक बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
News Desk 0 response मङ्लबार, मंसिर २५, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



