

-
सिरियामा विद्राहीले सत्ता कब्जा गरेपछि अब के हुन्छ भन्ने अन्योल सृजना भएको छ । बीबीसीका अनुसार धेरै मानिसहरू २४ वर्षदेखिको बशर अल असदको सत्ता ढलेकोमा खुसी छन् । तर अन्योल पनि उत्तिकै छ । अहिले राजधानी कब्जा गरेको इस्लामिक विद्रोहीहरूको समूह हयात तहरीर अल–शम (एचटीएस) को विगत राम्रो छैन ।
यो समूह अन्तर्राष्ट्रिय आतङ्कवादी समूह अलकायदाबाट आएको हो । एचटीएसको विगत हिंस्रक रहेको छ । तर पछिल्ला वर्षमा उनीहरूले आफूलाई राष्ट्रवादी शक्तिको रूपमा चिनाउने कोसिस गरिरहेका छन् । उनीहरूको हालसालैका सन्देशहरूमा कूटनीतिक र मेलमिलापपूर्ण भाषा प्रयोग गरिरहेका छन् । उनीहरूले के गर्ने योजना बनाइरहेका छन् भनेर धेरै सिरियालीहरु डरमा बसेका खबरमा उल्लेख छ । अहिले पनि दमास्कसमा गोली चलिरहेका छन् ।
इरान र इराकका दूतावासमा आक्रमण भएका छन् । राष्ट्रपति अल–असदले देश छाडेको खबर सार्वजनिक भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि असदले देश छाडेको बताएका छन्, तर उनी कता गए भन्ने खुलेको छैन । हिजो सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीहरूले आज सिरियाको राजधानी दमास्कस कब्जा गरेका हुन् ।
यसैबीच सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताएका छन् । उनले सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताएका हुन् । सिरियामा सन् २०११ मा शुरु भएको एउटा सामान्य आन्दोलनले ठूलो गृहयुद्धको रूप लिएको छ ।
सिरियामा अमेरिका र बेलायतसहित पश्चिमा देशले एउटा समूहलाई सहयोग गरेका छन्, टर्कीले छुट्टै विद्रोही समूहलाई सहयोग गरेको छ । राष्ट्रपति असदलाई भने रुस, लेबनान, इरान लगायतका देशको समर्थन र सहयोग छ । युद्धमा ५० हजार जनाभन्दा धेरैको मृत्यु भएको छ भने छ लाख जना विस्थापित छन् । सन् २००० अर्थात् २४ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति बशर अल असदले देशलाई विदेशीहरुका इच्छा पूरा गर्ने थलो बन्न नदिने बताउँदै आएका थिए ।
News Desk 0 response आइतवार, मंसिर २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


