

-
दैलेख । मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो ।
काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँघरकै मागलाई पूरा गर्न अप्ठ्यारो छ, बाहिरको मागको कुरा नै नगर्नुहोस् ।”
उत्पादित अल्लोको कपडालाई प्रतिमिटर रु ५०० पर्दछ । उद्योगमा दक्ष कर्मचारीको अभाव रहेको छ । अधिकांश महिलाले उद्योगमा काम गरिरहेका छन् । स्थानीय बीना रोक्कामगरले उद्योगमा काम पाउँदा घरखर्च चलाउन सजिलो भएको र श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उद्योगबाट एकवर्षमा १०० अल्लोका कोट बिक्री भएको सञ्चालक खड्काले जानकारी दिनुभयो । रु सातदेखि आठ हजारसम्म कोटको मूल्य रहेको छ ।
कर्णाली प्रदेश सरकारले कर्मचारी, जनप्रतिनिधिले अब आफ्नै प्रदेशमा उत्पादन भएका कपडाको प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रमले उद्यमीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



