

कर्णाली प्रदेश सरकारको प्राथमिकतामा राष्ट्रिय गौरवको ७ आयोजना
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाद्धारा १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत
-
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय सरकारले दिएको अनुदान १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । जसमा चालु खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजार अर्थात् कुल बजेटको ४२ दशमलव ९५ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ कुल बजेटको ५७ दशमलव ५ प्रतिशत अर्थात् ५८ करोड २० लाख ९७ हजार विनियोजन गरिएको छ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सरकारले बजेट ल्याएको हो। सरकारले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा तुलनात्मक लाभका उद्योग स्थापना गरी समृद्ध कर्णाली प्रदेश निर्माणका लागि आवश्यक पूर्वाधार तयार गर्ने लक्ष्य बजेटमार्फत लिइएको छ। यस्तै कृषि, सहकारी, पर्यटन, वन, जडिबुटी क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि र रोजगारीका अवसरहरु सिर्जना गर्ने, भ्रष्टाचारमुक्त, चुस्त प्रशासन, प्रभावकारी अनुगमन एवं उत्प्रेरित कर्मचारीमार्फत प्रभावकारी सेवा प्रदान गरी सुशासन प्रवर्द्धन गर्ने लक्ष्यसहित बजेट ल्याइएको छ ।
प्रदेश सरकारले ७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा निर्माण गर्न पहल गर्ने भएको छ। संघीय सरकारसँगको समन्वयमा राष्ट्रिय गौरवका घोषणा गरी निर्माण गरिने बजेटमार्फत जनाइएको छ।राष्ट्रिय गौरवका आयोजनाका लागि छनौट गरिएको आयोजना
– जमुनाहा–कोहलपुर–सुर्खेत–हिल्सा सडकलाई ‘प्रधानमन्त्री द्रुत लोकमार्ग’
News Desk 0 response बिहिबार, बैशाख १३, २०७५
– राजापुर–बर्दिया–सुर्खेत रानीघाट–फलाटे–दैलेख महाबु–कालिकोट चिलखाया–नाग्म गमगढी–नाक्चेलाग्ना सडक
– छिन्चु–सल्यान–जाजरकोट–रुकुम–डोल्पा–धो–मोरिम्ला जोड्न भेरी करिडोर
– सुर्खेत–कोहलपुर सुरुङमार्ग
– लुम्बिनी हुँदै दाङ, सल्यान, जाजरकोट, जुम्ला, मुगु रारा जोड्ने लुम्बिनी पर्यटन सर्किट
– रुकुम, सल्यान काटिमाटी–घुइयाबारी हुँदै प्रदेश ५ को खर्कबार–कोहलपुर जोड्ने अन्तरप्रदेश सडक
– दाङ–सल्यान–कालिमाटी–सुर्खेत बोटेचौर–भेडाबारी–धुलियाबीट–बड्डीचौर–गुटु हुँदै प्रदेश ७ को दिपायल जोड्ने अन्तरप्रदेश सडक

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



