

-
काठमाडौं : आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।
आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगततर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् ।
आर्थिक वर्ष २०८०र८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिकतर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ ।
नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ साल बैशाख २ गते विभागको स्थापना भएको थियो ।
आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा एउटा ठूलो करदाता कार्यालय, एउटा मध्यम स्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालय सञ्चालनमा छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतले शुभकामना व्यक्त गरेका छन् ।
News Desk 0 response शनिबार, मंसिर १, २०८१

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



