

-
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ ।
डलरको भाउ युरोको भन्दा एक दशमलव ५ प्रतिशतभन्दा धेरैले बढेको छ । अमेरिकाको केन्द्रीय बैंकले आज बढेको मूल्यसहित डलरको भाउ निर्धारण गर्दैछ । विश्लेषकहरूले यसअघि नै ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्ने बताएका थिए ।
मतगणनाको क्रममा ट्रम्पले अग्रता लिएसँगै युरोपका मुख्य शेयर सूचकाङ्कहरू बढेका थिए भने एशियाली बजार विभाजित रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ शेयरहरू प्रभावित भएका छन् ।
बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित रहेको पाइएको छ ।
ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि टेस्लाको शेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस्तै बिटक्वाइन ६ हजार डलरले बढेर मार्चको झण्डै ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, कार्तिक २२, २०८१

सम्बन्धित शीर्षकहरु
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा..
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



