

-
दमौली । तनहुँको सबैभन्दा ठूलो सिँचाइ आयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको छ । घिरिङ गाउँपालिका–१ स्थित अत्रौली पुट्टार सिँचाइ उपआयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको हो ।
छ वर्षअघि पहिराले भत्काएर बन्द रहेको आयोजनाको नहर मर्मतका लागि विसं २०७२ माघदेखि काठमाडौँस्थित रायमाझी कन्सट्रक्शन प्रालिले काम गरेको थियो । आयोजनाको म्याद पुस मसान्तमा सकिएकाले हाल मर्मतको काम पनि रोकिएको अत्रौली पुट्टार जल उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले जानकारी दिनुभयो । “विभिन्न समस्याका कारण तोकिएको समयभित्रै नहर मर्मतको काम हुन सकेन”, उहाँले भन्नुभयो, “म्याद थप गर्न सिँचाइ कार्यालयले एशियाली विकास बैंकलाई अनुरोध गरेको छ ।”
साढे १८ किलोमिटर आयोजनाको मर्मतका लागि विसं २०७५ मङ्सिरमा र विसं २०७६ जेठमा पनि म्याद थप भएको अर्यालले जानकारी दिनुभयो । एशियाली विकास बैंकको लगानीमा नहर मर्मतका लागि विसं २०७२ असोज १७ गते सिँचाइ विभाग र सिँचाइ योजना जल उपभोक्ता समितिबीच सम्झौता भएको थियो । विसं २०७२ मङ्सिर १८ गते बोलपत्र स्वीकृत भई माघदेखि रायमाझी कन्सट्रक्शन प्रालि काठमाडौँले नहर मर्मतको काम शुरु गरेको थियो । एशियाली विकास बैंक (एडिबी) ले नहर मर्मतका लागि रु २० करोड ८० लाख सहयोग गरेको थियो ।
विसं २०६९ मा गएको भीषण पहिराले आयोजनाको नहर भत्किँदा आयोजना अवरुद्ध बनेको थियो । पहिराले अवरुद्ध भएको सिँचाइ योजना नहर मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०७१/७२ मा नेपाल सरकारले विनियोजन गरेको रु १५ लाख र स्थानीय उपभोक्ताको रु दुई लाख २५ हजार जनश्रमदानमा योजना आंशिकरूपमा सञ्चालन भएको थियो ।
नहरबाट गाउँपालिकाका बैडी, अत्रौली, पुट्टार क्षेत्रको करीब छ हजार ६०० रोपनी जमीनमा सिँचाइ सुविधा पुगेको थियो । बैडी र अत्रौली क्षेत्रमा सानो मात्रामा पानी आए पनि पुट्टार क्षेत्रमा सिँचाइका लागि पानी नआएको छ वर्षभन्दा बढी भएकामा गत वर्ष मात्रै योजनाको पुछार (पुट्टार) सम्म पानीको सुविधा पुगेको थियो । अर्यालका अनुसार साइफन मर्मत नभएका कारण पुट्टारसम्म पानी आउन सकेको थिएन । हाल साइफन मर्मत सम्पन्न भएको छ । सिँचाइ आयोजनाबाट यहाँका ८६० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



