

-
सुरुङ्गा । झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गर्नुभएको पाँच वर्ष बढी भयो । व्यावसायिक रुपमा सुपारी खेती गर्दै आउनुभएका उहाँले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहनुभएको छ । थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उहाँले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाउनुभएको छ । अहिले उहाँको बारीमा तोरी र फापर पनि लटरम्म फुलेको छ । उहाँले भन्नुभयो, “पहिला सुपारी मात्रै हुन्थ्यो, सुपारी बगानभित्र जमीन बाँझैँ बस्थ्यो । तर अहिले त्यही बगान भित्र सबै थोक लगाएको छ, गर्दा हुँदो रहेछ ।”
सुपारी बगानभित्रको बाँझिएको जमीनमा अहिले लटरम्म कागती फलेका छन् । उहाँले एक बिघा क्षेत्रफलमा कागती खेती गर्नुभएको छ । कागतीबाट सुपारीको भन्दा राम्रो आम्दानी हुन थालेपछि उहाँ आफै चकित हुनुहुन्छ । केही समय अघिसम्म सुपारी बगानमा केही हुँदैन भन्ने सोच बोक्नुभएका उहाँ अहिले अरुलाई पनि जमीन बाँझो नराख्न सल्लाह दिनुहुन्छ ।
ओम नय शिवाय कृषि फर्म दर्ता गरेर कागती र सुपारीका बिरुवा उत्पादन गर्दै बिक्री वितरण गर्न शुरु गरेपछि उहाँको आम्दामी सोचेभन्दा राम्रो हुँदै गएको छ । नगरेर रहेछ उहाँले भन्नुभयो, “जागर भए यही माटोमा सुन फल्छ । सुपारी बगानभित्र मैले सुपारीको भन्दा धेरै आम्दानी अरु बालीबाट गर्न थालेको छु ।”
सुपारी बगानभित्र लगाएको अन्य बालीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिने गरेको छु ”, उहाँले भन्नुभयोे । जयपुर क्षेत्रमा सुपारी बगान भित्र धेरैले अन्य खेती गर्दै आएका छन् । तर छोटो समयमा कागतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि त्यस क्षेत्रका कृषक कागती खेतीतर्फ आकर्षित भएका हुन् ।
मेची नगरपालिकाको काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई कागतीका बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति, बाह्रदशी गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर, कनकाइ नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ । रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



