

-
इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।
इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ ।
इजरायलले हप्ताको अन्त्यमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको थियो । तर इरानले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै आक्रमणको प्रभावलाई कम आंकलन गरेको खबरमा उल्लेख छ ।
यसले आउने दिनमा पनि तेलको जोखिम महसुलमा निरन्तर घटाउने अवस्था सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् । उनीहरुका अनुसार तनाव थप कम भएमा तेलको मूल्यमा निरन्तर गिरावट हुने सम्भावना छ ।
News Desk 0 response मङ्लबार, कार्तिक १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा..
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



