

-
मिति २०७६।१०।०७ गते माननिय अर्थमन्त्री डा. यूवराज खतिवडाज्यूले कृषि विकास बैंक लि.को ५३ औ वार्षिक उत्सव समारोहको भव्यताका साथ डिजिटाईजेशन पद्धतिबाट समुदघाटन गर्नुभयो । यस समारोहका प्रमुख अतिथी माननिय अर्थमन्त्रीज्यूले डिजिटाईजेशन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंक लि.का शाखा तथा एक्सटेन्सन काउण्टरहरु (शाखा बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेल) गरी १६ वटा कार्यालयको समेत समुदघाटन गर्नु भयो ।
वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथी तथा माननिय अर्थमन्त्री डा.यूवराज खतिवडाले कृषि विकास बैंक लि.ले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै आज सम्म आईपुग्दा र कृषि विकास बैंकको कर्जाको आकारलाई हेर्दा साना भन्दा साना किसानहरुलाई करिब ८० प्रतिशत कर्जा प्रवाह भएबाट कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गरेको विषयको सराहना गर्दै भविष्यमा पनि कृषिको व्यवसायीकरण गर्न र सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई बढाउन आग्रह समेत गर्नुभयो । कर्मचारी यूनियहरुको भनाई सुन्दा उहांहरुको गतिविधि संस्थाको मूलभुत काममा केन्द्रिकृत भै आफना ट्रेड यूनियन गतिविधि गर्नु भएकोमा प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको आर्थिक अवस्था सवल सुदृढढंगले अगाडी बढी रहेकोले सवै लगानीकर्ताहरुलाई ढुक्क संग लगानी गर्नु हुन आग्रह गर्नुभयो । साथै सरकारले सरकारी बैंकलाई सक्षम बलियो प्रतिष्पर्धी बैंकको रुपमा देख्न चाहेको हुंदा यहांहरुले चाहे अनुसारको आवश्यक सहयोग भविष्यमा गर्दै जाने छ, कृषि विकास बैंक लि.ले ५२ वर्षको सफलयात्रा पार गरी ५३ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल राष्ट्र बैंकका डिपुटि गर्भनर श्री चिन्तामणी सिवाकोटीज्यूले समारोहलाई सम्बोधन गर्दै बैंकले कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले लागु गरेको सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई आगामी दिनमा बढाउन आग्रह गर्दै बैंकिङ्ग व्यवसाय आफैमा जोखिम व्यवसाय भएकोले सचेतपूर्वक आन्तरिक नियन्त्रण प्राणालिलाई थप बलियो बनाउन समेत आग्रह गर्नुभयो ।
वार्षिक उत्सव कार्यक्रममा नेपाल बैकर्स एशोसियशनका अध्यक्ष श्री भुवन कुमार दाहाल, पूर्व अध्यक्ष तथा महाप्रबन्धक श्री श्रीकृष्ण उपाध्याय, बैंकका पूर्व उपमहाप्रबन्धक श्री शंकरमान श्रेष्ठले कृषि विकास बैंकलि.ले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा थप बलियो बैंकको रुपमा रहन सकोस भनि शुभकामना व्यक्त गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायज्यूले सम्पूर्ण उपस्थित आदरणीय अतिथिज्यूहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु माथि प्रकाश पार्नु हुदै यस बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गर्नु भयो, बैंकलाई सदैव विश्वास गर्ने एवं हाम्रो अभियानमा सहयोग पु¥याउनुहुने सम्पूर्ण आदरणीय ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो, बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गर्नुहुने बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीज्यूहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दै २० बर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु, उत्कृष्ट ग्राहाक महानुभावहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो । कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो ।
News Desk 0 response बुधबार, माघ ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



