• काठमाडौं : २० वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई हराएको छ ।

    आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गोल अन्तरले हरायो । नेपालका समिर तामाङले ह्याट्रिक गरे । चाइनिज ताइपेईले एक गोल फर्कायो ।

    यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । समूह ुबीु मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।

    सन् २०२५ मा हुने एएफसी २० वर्षमुनिको एसियन कप छनोटमा ४५ वटा देश सहभागी छन् । यी टोलीलाई १० वटा समूहमा विभाजन गरिएको छ । १० वटा समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछन् ।