

-
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त गर्यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँहरु रु २५ हजारसहित पुरस्कृत हुनुभयो । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जित्नुभएको थियो । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त गर्यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो हुनुभयो ।
यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो हुनुभयो । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय हुनुभयो । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय हुनुभयो । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो हुनुभयो ।
यसैगरी महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय हुनुभयो । महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय हुनुभयो । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो हुनुभयो । महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गर्नुभयो । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गर्नुभयो । तीनदिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ पुरस्कार प्राप्त गर्नुभएको थियो । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



