

-
गलकोट । नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरि बागलुङका होटल व्यवसायलाई पर्यटकमैत्री बनाइने भएको छ । बागलुङ पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटल रेष्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको संयोजनमा पोखरामा सञ्चालित होटल तथा रेष्टुराँ व्यवसायको अध्ययन गरिने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष होटल व्यवसायसँगै जोडिन आउँछन्”, उहाँले भन्नुभयो, “पर्यटकले रुचाउने खालका होटलको व्यवस्थापन गर्नका लागि पोखराका होटलको अवलोकन गर्ने कार्यक्रम तय गरेका हौँ ।”
पर्यटनका लागि पोखरामा होटल व्यवसाय सफल र चर्चा गर्न लायक मानिन्छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका संयोजक अर्जुन चोखालले भन्नुभयो, “भौतिक पूर्वाधारका कारण मात्र पर्यटकले होटल रुचाउदैनन् । खानपान, आतिथ्यता, सत्कारलगायतका अन्य विषय पनि पर्यटनमैत्री बनाउन आवश्यक हुन्छ ।”
भ्रमणले बागलुङ जिल्लाका होटल तथा रेष्टुराँ व्यवसायीको व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । पर्यटन विकास समितिका अनुसार आगामी माघ ८ गतेदेखि १० गतेसम्म पोखराको लेकसाइडका होटलको अवलोकन, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत, सत्कार र सेवा प्रदान गरिरहेका होटल व्यवसायीसँग अनुभव आदानप्रदान गरिनेछ ।
साथै नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग पर्यटन नीति तथा कार्यक्रमको विषयमा जानकारी लिने, बागलुङका व्यवसायीको समस्या अवगत गराउने, बागलुुुुङमा सरकार र व्यवसायीबीचको सहकार्यमा पर्यटन प्रवद्र्धनका कार्यक्रम बनाउने, गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने योजना रहेको छ ।
भ्रमणका क्रममा पोखराका स्थानीय व्यक्तित्व तथा पोखरामा आउने पर्यटकलाई बागलुङसम्म ल्याउनका लागि निमन्त्रणासमेत गर्ने योजना राखिएको छ । भ्रमणका क्रममा होटल तथा कर्मचारीको सरसफाइ, अतिथि सत्कार, स्वादिष्ट खानाका परिकार, पर्यटकलाई आकर्र्षित र सन्तुष्टि दिलाउनेलगायतका विषयमा नयाँ जानकारी प्राप्त गरी बागलुङका होटललाई पर्यटनमैत्री बनाउन पहल थालिने समितिले जनाएको छ । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



