

-
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा गरेको थियो । यसवर्ष कङ्गोमा अहिलेसम्म १८ हजार जनाभन्दा धेरै सम्भावित केस रिपोर्ट गरिएको छ । जसमा ६ सय २९ जनाको मृत्यु भएको छ ।
बुरुन्डी, रुवान्डा, युगान्डा, स्विडेन, थाइल्यान्डलगायतका देशमा पनि सङ्क्रमणको पुष्टि भइसकेको छ । डब्ल्यूएचओले खोपमा पहुँच र वितरणलाई तीव्रता दिने गरी काम गरिरहेको जनाएको छ । अफ्रिकी देश कङ्गोमा तीव्र रूपमा फैलिएको एमपक्स (मङ्कीपक्स) को नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि जोखिम थप बढेको छ ।
श्वासप्रश्वासका साथै थुक,र्याल, सङ्क्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यसको सङ्क्रमण सर्ने जोखिम हुन्छ । एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो ।
त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मान्छेमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी देश कङ्गोमा ९ महिने बालकमा सङ्क्रमण पुष्टि भएको थियो ।
News Desk 0 response शनिबार, भदौ १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


