

-
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै न्यून विन्दुमा झरेको छ । संसारभर पेट्रोलियम पदार्थको मागमा आएको कमी र संयुक्त राज्य अमेरिकामा आर्थिक मन्दीको डरले कच्चा तेलको भाउ घटिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै मध्यपूर्वमा बढ्दो द्वन्द्वको खतराको सङ्केतले पनि भाउ घट्न मद्दत गरेको छ । गएको हप्ता हमास र हिजबुल्लाह लडाकु समूहका वरिष्ठ सदस्यहरूको हत्यापछि इरान र यसका सहयोगीहरूले इजरायलमा आक्रमणको तयारी गरेका छन् । इरान र इजरायलबीच युद्ध भएमा मध्यपूर्व सिधै युद्धमा धकेलिने र बाँकी विश्व पनि अप्रत्यक्ष रूपमा युद्धको हिस्सा बन्ने भएकाले तेलको भाउ घटिरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल ७३ दशमलव ६७ डलरमा झरेको छ । हिजो र अस्तिको तुलनामा आज भाउ बढे पनि अझै सात महिनायताकै तल्लो तहमा नै रहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्नुको कारण चिनियाँ मागमा आएको व्यापक कमी पनि हो । चीनको खानी र औद्योगिक क्षेत्रमा अहिले मन्दी देखिएकाले इन्धनको खपत कम भइरहेको छ । अमेरिकाले कुनै निर्णय नगर्दासम्म वा अर्थतन्त्रको विषयलाई लिएर वक्तव्य जारी नगर्दासम्म कच्चा तेलको भाउ अस्थिर भइरहने खबरमा उल्लेख छ ।
News Desk 0 response बुधबार, साउन २३, २०८१

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



