

-
चितवन । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो ।
यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित छ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न आठ वटा सुपर डिलक्स कोठा रहेका छन् । जग्गा भाडामा लिएर रु सात करोड लगानी गरी होटल सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बिचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पुर्याउने विश्वास गरिएको छ ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच होटलका सञ्चालक वसन्त पराजुलीले जानकारी दिनुभयो । उहाँले समूहको पहिलो होटल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबैभन्दा ठूलो सभाहल र पार्किङको व्यवस्था भएकाले राष्ट्रिय ठूला कार्यक्रम धेरै हुने गरेको बताउनुभयो । सो होटलमा एक हजारभन्दा बढी क्षमताको सभाहल, साना सभाहल र २३ वटा कोठा रहेका छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाइमा यो होटल पर्ने गरेको छ । विसं २०७४ मङ्सिर १ गतेबाट समूहले सो होटल सञ्चालनमा ल्याएको थियो ।
भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । चितवमा चार लाख र नवलपरासीमा एक लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटल सञ्चालनमा ल्याएर समूहले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको बताउनुभयो ।
गैँडाकोट नगरक्षेत्रमा देवघाटधामसँगै मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम, मणि मुकुन्दसेन दरबारजस्ता धार्मिक पर्यटकीयस्थल र नारायणी नदी रहेको भन्दै उहाँले यस्ता होटलले पर्यटकको बसाई लम्ब्याउने बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, माघ ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३



