

-
चितवन । जिल्लाका पहाडी क्षेत्रमा लगाईएको सुन्तलामा जरा कुहिने समस्या देखा परेको छ । त्यसका कारण उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका अधिकांश सुन्तला बारीमा जरा कुहीने समस्या देखिएको हो । जिल्लामा २१५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । उहाँका अनुसार बिजु बिरुवामा (सुन्तलाको बीउबाट उम्रिएको) कारण यस्तो समस्या आएको हो । लामो समयदेखि एउटै खेती गरिरहँदा माटोमा हुने ढुसीका कारण यस्तो समस्या आउने उहाँले बताउनुभयो । इच्छाकामना गाउँपालिका–६ मा यो समस्या धेरै देखिएको उहाँले जानकारी दिनुभयो ।
सुन्तलामा जरा कुहिने समस्या देखिएपछि कार्यालयले आकस्मिक बाली संरक्षण सेवासमेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । बिजु बिरुवाको ठाउँमा तीनपाते रुट स्टकमा कलमी गरिएका बिरुवाको प्रयोग गर्दा समस्यामा कमी आउने उहाँको भनाइ छ । कार्यालयले सुन्तलाको बिरुवामा समस्या देखिएपछि किसानलाई सुन्तला काँटछाँट गर्न, सुन्तलामा प्रयोग हुने बिषादी बोडोमिक्चर र बोडोपोष्ट बनाउने र प्रयोग गर्ने विधिबारे जानकारी दिने काम गरिरहेको छ ।
सुन्तलामा जरो कुहिने समस्या देखिएपछि तीनदेखि पाँच वर्ष अन्य नगदे बाली लगाएर माटोलाई पुरानो अबस्थामा ल्याउनुपर्ने ढकालले जानकारी दिनुभयो । यसले गर्दा माटोमा देखिएका समस्या समाधान हुने उहाँको भनाइ छ । गत वर्ष एक हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको यस जिल्लामा यस वर्ष भने यही समस्याका कारण उत्पादनमा धेरै कमी आउने उहाँले जानकारी दिनुभयो । अहिले कृषकले सुन्तला टिप्ने काम गरिरहेका कारण यतिनै घट्छ भन्न नसकिने उहाँले बताउनुभयो ।
News Desk 0 response बिहिबार, माघ २, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३



