

-
ललितपुर । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संंस्था लिमिटेडले दक्षिण ललितपुर र गोदावरीका केही महिलालाई उद्यमी बनाउने भएको छ । सो संस्थाले ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घसँगको साझेदारीमा यहाँका ६४ महिलालाई नमूना महिला उद्यमीका रूपमा अघि बढाउने योजना बनाएको हो ।
विसं २०५७ मा स्थापना भएको यस संस्थाले दक्षिण ललितपुरका १८ वडा र गोदावरी–७ देवचौर गरी १९ वटा वडामा विद्युत् सुविधाको पहुँच विस्तार, नवीकरणीय ऊर्जाको विकास तथा प्रवद्र्धन, सामाजिक परिचालन र उद्यमशीलता विकासको काम गर्दै आएको संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म दक्षिण ललितपुरलाई विकट परिभाषित गरेर चिन्ने गरिन्थ्यो, लगनखेल बसपार्कबाट दक्षिण ललितपुरको अन्तिमविन्दु हेलटार पुग्न ९० किलोमिटरको दूरी पार गरेर जानुपर्छ, यहाँ रहेका मूल्यवान प्राकृतिक स्रोत साधनको व्यवस्थापन र महिलालाई स्वयं आत्मनिर्भर बनाउन निकै आवश्यक रहेको हुँदा यस संस्थाले हरेक वर्ष उद्यमशीलताको तालीम दिँदै आएको हो ।”
भ्रमण वर्ष २०२० चलिरहेका अवसरमा पर्यटकलाई दक्षिण ललितपुर भित्र्याउन भोजनालय र घरवासको व्यवस्थापन, माहुरीपालन तालीम, सिस्नो पाउडर निर्माण, नेपाली कागज बनाउने, कुखुरापालन, धसिङ्ग्रे तेल उत्पादनको तालीम दिइने योजना अघि बढाइएको बजगाईंले बताउनुभयो । यसअघि संस्थाले महाङ्कालका १७, कोञ्ज्योसोका २०, वाग्मतीका २४ र देवीचौरका तीन गरी ६४ महिलालाई उद्यमशीलता तथा व्यवसाय व्यवस्थापनको तालीम दिइसकेको छ ।
सो तालीममा आवद्ध भएका महिलाले हाल केही न केही पेशा र व्यवसाय गरी आफ्नो दिनचर्या अघि बढाइरहेका छन् । उहाँले भन्नुभयो, “हामीले अन्य आठ जिल्लाका १५ संस्थामा आवद्ध ५०० महिलालाई पनि नमूना महिला उद्यमीका रुपमा विकास गर्ने योजना अघि बढाएका छौँ ।” यसैगरी संस्थाले महिला उद्यमशीलता तथा उद्यम विकास प्रवद्र्धनमा जोड दिन ऊर्जा बचत, ऊर्जामा आधारित व्यवसाय सञ्चालनमा जोड दिनुका साथै महिलाको दिनचर्यामा सुधार गराउन विद्युतीय चुलो प्रवद्र्धन कार्यलाई अघि बढाउने भएको छ । संंस्थाले भखरै सार्वजनिक गरेको १८औँ वार्षिक प्रतिवेदन अनुसार हाल संस्थामा छ हजार १३४ ग्राहक सङ्ख्या रहेको छ । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३



