

-
सिन्धुली । भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गर्नुभयो, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाउनुभयो । पर्मिलाले भन्नुभयो, “आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर दूध नै बिक्री नभएर समस्या थपिएको छ ।”
उहाँका अनुसार दैनिक ६० लिटर दूध उत्पादन हुन्छ तर बजार भने छैन । लगानी डुबिसकेको र दूधको बजारीकरणका लागि सहयोग गरिदिन दूधौली नगरपालिकालाई आग्रह गरिए पनि सुनुवाइ नभएको उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ, “अब विस्तारै भैँसी नै बिक्री गर्ने योजना पो बनाएको छु ।”
दैनिक दूध दिने ११ भैँसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरु गर्नुभएको थियो । सात भैँसी बेचेपछि अहिले पाँचवटामा सीमित भएको छ । “दूध बिक्री नभएपछि भैँसी नै बेचे, स्थानीयस्तरमै कृषि व्यवसाय गरौँ भन्ने सपना सफल हुन सकेन अब के गर्ने अन्योल भएको छ”, उहाँले भन्नुभयो ।
भैँसीको दूध बिक्री नहुँदा डोरकुमारी कार्की पनि समस्यामा पर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “दूध उत्पादन हुन्छ, तर न बजार छ न मूल्य, बरु भैँसी नै बेच्न सजिलो भन्ने बित्तिकै बिक्री भइहाल्छ ।” दूध बेचेको पैसाले घर चलाउने सोच राखेपनि खर्चका लागि जोहो गरेको पैसा कटाएर भैँसी पाल्नुपरेको उहाँले सुनाउनुभयो । यसमा सम्बन्धित पक्षले नै चासो नदेखाएको उहाँको भनाइ थियो । सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ । बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ । “गाउँघरमा एक/दुई माना दूध बेचेर टिक्न मुस्किल भयो”, उहाँले दुखेसो पोख्नुभयो ।
किसानहरु मिलेर दुग्ध उद्योग सञ्चालकसँग कुरा गरेपनि दूध नियमित नलिएको उनीहरुको भनाइ थियो । “भैँसीले नियमित दूध दिन्छ, कसरी दूधको व्यवस्थापन गर्ने, दूध तताएर दही बनायाँै, मोही बनाएर घ्यू निकालौँ भने पनि काम गर्ने जनशक्ति हुँदैन, नगरपालिकामा छिमेकी जिल्लाको दूध आउँछ तर स्थानीय उत्पादन बिक्री हँुदैन”, उहाँको गुनासो छ ।
यस्तै जगतबहादुर कार्कीले पनि चार भैँसीको दूध बिक्री नभएर दुई वटा बेच्नुभयो । बाँकी पनि बेच्ने योजना उहाँको छ । दूध बिक्री भए भैँसी धेरै पालेर व्यवसायी बन्ने योजना बनाउनुभएको जगतबहादुरले बजार नै नपाएपछि भैँसी पालेर मात्र काम नभएको बताउनुहुन्छ । “आफूजस्ता धेरै किसानको यही समस्या छ”, उहाँले भन्नुभयो, “अन्तका किसानले एउटा भैँसीको बिहानको दूध बेचेर घर खर्च चलाएको र बेलुकाको दूध घरायसी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिएँ, आफूले बिहान–बेलुकाको दूध बेच्ने र व्यवसायी बन्ने सोचअनुसार चार भैँसी पालेँ, तर सकिँदोरहेनछ, बजार नै भेटिएन ।”
दूध बिक्री नहुँदा समस्या भोगिरहेका सो क्षेत्रका यी प्रतिनिधि किसान मात्र हुन् । अधिकांश भैँसीपालक किसानको समस्या उस्तै छ । उत्पादन भएको दूध बिक्री नहुँदा आफँैलाई भैँसी पालेको सजाय पाएको किसानको दुःखेसो छ ।
दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले दूध बिक्री नभएको सम्बन्धमा कुनै जानकारी नआएको बताउनुभयो । नगरपालिकाका अन्य स्थानमा सङ्कलन केन्द्र स्थापना गरी दूध बिक्री भइरहेको बताउँदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफूले तत्कालै पहल गर्ने उहाँले बताउनुभयो । नगरपालिकाले दूधमा आफूलाई आत्मनिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरिरहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्नेसमेत नगरप्रमुख राउतले बताउनुभयो ।
नगरपालिकाका अन्य स्थानमा घरबाटै न्यूनतम प्रतिलिटर रु ६० भन्दा बढीमा बिक्री भइरहेको र प्रतिलिटर रु ५२ सस्तो भएको भन्दै मूल्यमा एकरुपता, चिस्यान तथा सङ्कलन केन्द्रको स्थापना र बजारीकरणमा नगरापलिका तयार रहेको उहाँले बताउनुभयो । यस्तै सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानले दूध बिक्री नभएको गुनासो गरेको र उन्नतशील कृषि तथा उद्यमशील सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफूले स्थानीयस्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३



