

जुगलको पानी स्थानीयकै लगानीको अवधारणा भएको ब्रह्मायणी र अपरलाई निर्माण अनुमति
पानीको स्रोत र डिजाइनका हिसाबले आयोजना सस्तो हुने र बर्सेनि दिने आम्दानी पनि आकर्षक रहेको कारण सिन्धुपाल्चोकका निम्न वर्गलाई लगानीको लागि प्रारुप तयार भएको अध्यक्ष भरत पराजुलीले बताए
-
काठमाडौं ।
सिन्धुको पानी स्थानीयकै लगानी भन्ने अवधारणा अनुसार निर्माण प्रकृया सुरु भएको ५२ मेगावाटका दुई आयोजनालाई उत्पादन अनुमति मिलेको छ ।सिन्धुकै स्थानीय जनतालाई लगानीको वातावरण तयार गर्ने यो आयोजनालाई विद्युत् विकास विभागले अनुमति प्रदान गरेको हो । आयोजना सिन्धुपाल्चोकको जुगल हिमाल नजिकै बन्न लागेको हो ।
५२ मेगावाटको ब्रम्हायणी र अपरलाई सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने सम्झौता भईसकेको छ । उक्त आयोजनाको लागत अनुमान १० अर्ब ३४ करोड छ । यो रकम बैंकहरुले प्रमुख रुपमा लगानी गरेपनि सिन्धुपाल्चोकका सवै निम्न बर्गका मानिसहरुले यसमा लगानी गर्ने बतावरण तयार गर्न लागिएको छ ।

विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाट र १५.१५ मेगावाटको उत्पादन लाइसेन्स दिएको हो ।
ब्रह्मायणी हाइड्रो कम्पनी र इन्टिग्रेटेड हाइड्रो फन्डले जुगल गाउँपालिकाको तेम्बाथान क्षेत्रमा निर्माण गर्ने उक्त दुई आयोजनामा ब्रह्मायणी खोलाको पानी प्रयोग गरेर बिजुली उत्पादन गरिनेछ । दुवै आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ ।
०८४ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको सुरुङ करिब ६ किमि र अपरको १.४ किमि हुने छ । आयोजानका लागि अर्डिट मार्ग, क्याम्प, बंकरलगायत संरचना बनिसकेका छन् ।
पानीको स्रोत र डिजाइनका हिसाबले आयोजना सस्तो हुने र बर्सेनि दिने आम्दानी पनि आकर्षक रहेको कारण सिन्धुपाल्चोकका निम्न वर्गलाई लगानीको लागि प्रारुप तयार भएको अध्यक्ष भरत पराजुलीले बताए । त्यसका लागि सिन्धुपाल्चोक जिल्लावासीलाई प्रोमोटर सेयर लगानी गर्न आह्वान गरिएको छ ।सिन्धुपाल्चोकमा धेरै जलबिद्युत आयोजनाहरु छन् । तर, तिनीहरुको स्थानीयको मनग्ये लगानी छैन । यो आयोजनामा यस क्षेत्रका हरेक नागरिकलाई समावेश गराईने योजना छ ।
सम्मृद्ध नेपाल र सुखी नेपालीको अवधारणा तयार गर्न पनि स्थानीय हरेक नागरिकले यो आयोजनामा लगानी गर्न आवश्यक रहेको पराजुलीको भनाई छ । अहिले हाईड्रो नै आम्दानीेको प्रमुख स्रोत हुने भएका कारण पनि ग्रामीण क्षेत्रका वासिन्दालाई यो आयोजनामा लगानी गर्न आकर्षण गर्ने योजना वनाइएको आयोजनाले जनाएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



