

-
मङ्गलबारे । यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् । इलामको पर्यटकीयस्थल सन्दकपुर क्षेत्र र पाँचथरको पर्यटकीयस्थल साधुटार, पौवा भञ्ज्याङ लगायतका स्थानमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ ।
गत सातादेखि नै परेको हिउँ अझै पनि बिलाएको छैन । लामो समयसम्म हिउँ डाँडामा रहँदा चिसो त बढेको छ नै तर पर्यटकहरुलाई घुमफिरमा अझ हौसला बढाएको छ । हिउँ परेसँगै यतिबेला पहाडी क्षेत्रमा सडक तथा खुला क्षेत्रल तथा डाँडापाखामा सेताम्मे हिउँ जम्मा भएको छ । पाँचथरको पौवाभञ्ज्याङ आसपासका घरका छाना, रूख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्मे बनेको छ ।
बढ्दो चिसोसँगै स्थानीयवासीको जनजीवन केही कष्टकर बने पनि त्यस क्षेत्रमा पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सँगालिरहेका छन् ।
हिउँ नदेखेकाहरुका लागि त नयाँ नै हुने भयो तर बाक्लो हिउँमा कारण खेल्ने र रमाउनेहरुलाई पनि नयाँ अनुभूति मिलेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका छन् । आन्तरिकमात्र हैन सन्दकपुर, साधुटार लगायतका पर्यटकीयस्थलमा हाल उत्तिकै सङ्ख्यामा विदेशी पर्यटकहरुसमेत रमाइरहेका हुन्छन् । हिउँले विदेशी पर्यटकहरुको बसाइ लम्याइदिएका एक विदेशी पर्यटकले बताउनुभयो ।
हिउँ परेपछि सडकमा आवतजावत सवारीसाधनमा भने समस्या आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्मे भएका छन् । हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् । यस क्षेत्रमा घरबाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन भएको छ । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३



