

-
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११औं अधिवेशनमा तीनजनाबीच भएको प्रतिस्पर्धामा ९०४ मत ल्याएर बुद्धराज बस्नेत विजयी भए । अर्का दाबेदार सुमन खत्रीले ६८४ र शम्भुबहादुर तिमिल्सिनाले ल्याए ।
वरिष्ठ उपाध्यक्षमा ८११ भोट ल्याएर उमेश प्रधान निर्वाचित हुँदा प्रतिस्पर्धी सूर्यबहादुर कार्कीले ६९३ मत पाए । द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत १०५२ मत ल्याएर निर्वाचित हुँदा राजेश श्रेष्ठले ७९७ मत ल्याएका छन् । महासचिवमा भने यसअघि नै ईश्वर गुभाजु निर्विरोध भएका थिए । सचिवमा पनि तीर्थराज पौडेल निर्वीरोध भएका थिए । प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा विचारी पराजुली र सह(कोषाध्यक्षमा उद्धव पौडेल, सदस्यहरूमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्वाचित बनेका छन् ।
सदस्यमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दाबा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित भए ।
अध्यक्षमा तिनैजना उमेदवारहरु नेपाली कांग्रेस निकटका हुन् । निर्वाचित अध्यक्ष बस्नेतलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजकुमारबस्नेत लगायतले सहयोग गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उमेदवार सुमन खत्री कांग्रेस नेता एवम् संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका भाइ हुन् । त्यस्तै शम्भु तिमिल्सिना संघमा हाल महासचिव थिए । उद्योग बाणिज्य संघमा २५ सय बढी सदस्यहरु रहेका छन् । कोषाध्यक्ष भने अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको छ ।
News Desk 0 response सोमवार, चैत्र १२, २०८०

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



