

-
बाग्लुङ : बाग्लुङका ग्रामीण बजारका धेरैजसो पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बाग्लुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेका सामग्री फेला पारेको हो ।
अनुगमन टोलीले बाग्लुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो । व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेयपदार्थ जफत गरेर नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेयपदार्थ भेटिएको र स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएको उनले जानकारी दिए । उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
पटक–पटक भन्दा पनि कम्पनी र डिलर फिर्ता लिन नआउने र बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जाँदा बिक्री नभएर म्याद गुज्रिने गरेको नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भने ।
केही पसलहरूले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बाग्लुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उनको भनाइ छ ।
हिजो बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि धेरैजसो खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए । यस पटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने प्रशासनले जनाएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


