

-
पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् ।
आज नेशनल असेम्बलीमा भएको चुनावमा इमरान खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) को समर्थनमा उम्मेदवार बनेका उमर अयुबलाई पराजित गर्दै शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । शहबाजले दुई सय एक मत प्राप्त गर्दा अयुबले ९२ मत पाए ।
शहबाज शरिफ दोस्रो पटक प्रधानमन्त्री बनेका हुन्। यसअघि सन् २०२२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । शहबाज तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरिफका भाइ हुन् ।
गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले चुनावमा सबैभन्दा धेरै सिट जितेका थिए ।
यसैबीच पाकिस्तानमा यही मार्च ९ मा राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपतिका लागि गठबन्धन दलहरूले आसिफ जर्दारी र पीटीआईले महमूद खान अचकजाईलाई उम्मेदवार बनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २०, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


