

-
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्तरूपमा बुझ्न नमाने नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको बताए ।
उनले भने, ‘दुवै देशको सहमतिमा प्रतिवेदन तयार भएको हुनाले दुवै सरकारले एकैचोटि सहमतिबाट नै बुझ्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिराखेको छ । यदि त्यसो हुन सकेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ ।’
नेपाल–भारतबीच सीमाका साथै सन् १९५० को सन्धि परिमार्जनलगायतका महत्त्वपूर्ण विषयमा सहमति जुटाएर प्रतिवेदन तयार भएको थियो । २०७५ सालमै प्रतिवेदन तयार भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा प्रतिवेदन दुवै देशले बुझेका छैनन् ।
२०६८ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा उहाँ र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच सन् १९५० को सन्धिलगायत विषयमा छलफल गर्न प्रबुद्ध व्यक्तिहरूको समूह गठन गर्ने सैद्धान्तिक सहमति भएको थियो । यस्तै २०७१ सालको साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा प्रबुद्ध समूह गठन गर्न दुवै सरकार सहमत भए भने २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ईपीजी गठन भएको थियो । दुवै देशका समूहले सहमतिमा तयार पारेको प्रतिवेदन तयार भएको पाँच वर्ष पुगिसक्दा पनि त्यसलाई बुझ्न भारत तयार छैन ।
बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालीहरू भर्ना भएको विषय सरकारको नियन्त्रणमा आउन थालेको दाबी पनि गरे। उनले पहिले नेपालीहरू रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको भन्दै थाहा पाएसँगै रुस सरकारसँग यसबारेमा कुराकानी भइरहेको जानकारी दिए ।
यस्तै प्रधानमन्त्री प्रचण्डले गोर्खा भर्तीको समस्या समाधानका लागि ब्रिटिश सरकारसँग कुराकानी भइरहेको बताए । समस्या समाधानको अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
News Desk 0 response बुधबार, फाल्गुन १६, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


