

-
संविधानले फागुन १ को जनयुद्ध दिवस चिन्दैन । सर्वोच्च अदालतले झन् फागुन १ को जनयुद्ध दिवस चिनेन र भन्यो ‘यो दिन सार्वजनिक बिदा नदेउ ।’ तर पनि जनयुद्ध दिवस भन्दै देशका बिभिन्न पालिकाले बिदाको घोषणा गरेका छन् । गृहमन्त्रालयलेसमेत आधिकारिक पत्र नै लेखेर सार्वजनिक बिदा नहुने बताएको छ ।
संघीय प्रणालीमै रहेका गृहका कर्मचारीले बिदा नहुने भनेर हस्ताक्षर गरेका छन् । त्यही प्रणाली अन्तर्गत प्रशासकीय अधिकृत रहेका कर्मचारी भने बिदा भनेर हस्ताक्षर गरेर हिँडेका छन् । यस्ता अटेरी पालिका प्रमुख तथा कार्यकारी अधिकृतमाथि छानबिन सहित कारबाहीको प्रकृया हुने वा नहुने ? सर्वोच्चको फैसाल बिपरित जाने यस्ता जनप्रतिनिधि वा कर्मचारीलाई कार्वाही हुन्छ कि हुँदैन ? भन्ने चासो व्यापक भएको छ । सथनीय निकायलाई स्थानीन रीतिरिवाज तथा चाडपर्वमा बिदा दिन पाउने अधिकार रहन्छ ।
तर, कुनै दलबिशेषले घोषणा गरेको राजनीतिक बिषयमा बिदा दिँदा कानुनी कार्वाही हुने कानुनका जानकारहरु बताउँछन् । काननुका जानकार धर्म रेग्मी सर्वोच्चले रोक लगाएको बिषयमा मानहानीको मुद्धा लाग्ने बताउँछन् । सर्वोच्च अदालत कानुनी व्याख्या गर्ने माथिल्लो निकाय हो । त्यसले नगर्नु भनेको काम गर्दा पक्कै पनि मानहानी हुने उनले बताए । यस बिषयमा अदालतमा मुद्धा दर्ता गर्दा लाग्ने अर्का कानुन व्यवसायी बासु ज्ञवाली बताउँछन् ।
सर्वोच्चको फैसलामा भनिएको छ, ‘शान्ति प्रक्रियाका सबै कार्यहरु सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था अर्थात् संसदद्वारा सुविचारित तवरबाट छलफल र निर्णय नगरी निवेदकहरुसमेतको भावनामा चोट पर्ने र संक्रमणकालीन न्यायको कार्यमा संलग्न संस्थाका भावी कार्यहरुमा समेत प्रभाव पर्नेगरी कार्य गर्नु वाञ्छनीय देखिँदैन ।’
सर्वाेच्च अदालतको फैसलाविपरीत माओवादी केन्द्रले जितेका स्थानीय तहमा सार्वजनिक बिदा दिने आफूखुशी निर्णय भइरहेका छन् । पालिका प्रमुख र उपप्रमुखसहित माओवादीले जितेका ठाउँमा दिइएको सार्वजनिक बिदा त्यही पालिकाका अन्य पार्टीले जितेका वडाध्यक्षले अस्वीकार गरेर विज्ञप्ति जारी गरिरहेका छन् ।पालिकाको बिदा वडाले अस्वीकार गर्दा विशेषगरी ती ठाउँका विद्यालय बन्द गर्ने वा नगर्ने चेपुवामा परेका छन् । त्यस्तै माओवादीबाट जितेका पालिका प्रमुखले जनयुद्ध दिवसको सार्वजनिक बिदा घोषणा गर्ने र गठबन्धनकै अर्को दल कांग्रेसबाट निर्वाचित उपप्रमुखले त्यसलाई खारेज गरेर विज्ञप्ति निकाल्नेसम्मका तमासा पनि स्थानीय तहमा देखिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने स्थानीय तहलाई विदा नदेउ भन्न नमिल्ने भन्दै पन्छिरहेको छ । यस्तै दिक्दारी प्रति लक्षित गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्–‘आज आआफ्ना अनुकुलको युद्द सगर्सलाई प्रोत्साहन गरिए भोलि अफताबले इट्टाभट्टा दिवस,उपेन्द्रले गौर नरसंहार दिवस र रेशमले टिकापुर नरसंहार दिवस घोषणा गर्नेछन् । अनि भाँडभैलो हुन्न र ?’
News Desk 0 response मङ्लबार, फाल्गुन १, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


