

-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरूविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीको संलग्नतामा नगर विकास समितिका प्लटरघडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले छानबिन थालेको थियो । टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा सङ्घरसंस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन २०४५ तथा नगर विकास निर्देशिका २०६१ अनुसार हुनुपर्नेमा त्यसो नभएको अख्तियारले जनाएको छ । तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।
अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीविरुद्द दुई करोड १२ लाख ४० हजार, अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकारविरुद्ध ५९ लाख तीन सय, तत्कालीन अध्यक्ष धिरज रेग्मीविरुद्ध ६६ लाख ९८ हजार, उपसमिति संयोजक गणेश सिंह रावल, खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपानेविरुद्ध एक करोड ६५ लाख रुपैयाँ बिगो तोकेको छ । यस्तै तत्कालीन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकको निर्णय बमोजिम गठित उपसमिति संयोजक प्रेमसिंह विकस सदस्यहरू श्याम खत्री, भरत स्वाँर, वेदराज ढुङ्गाना, दयाराम सञ्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालविरुद्ध ५९ लाख र तत्कालीन योजना प्रमुख बलबहादुर खडायतविरुद्ध दुई करोड ११ लाख रुपैयाँको बिगो माग भएको छ ।
यस्तै तत्कालीन सदस्य सचिव अम्बादत्त जोशीविरुद्ध दुई करोड ३० लाख, नापी अधिकृत मानबहादुर चन्दविरुद्ध एक करोड ९० लाख, मालपोत अधिकृत जयबहादुर विष्टविरुद्द एक करोड ६८ लाख, खरिदार धनिराम भण्डारीविरुद्ध एक करोड ८६ लाख, सबओभरसियर नेत्रबहादुर रावलविरुद्ध एक करोड ७९ लाख रुपैयाँ बिगो र जरिबाना मागसहित मुद्दा दायर भएको छ ।
News Desk 0 response बिहिबार, माघ २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


