

-
काठमाडौं ।
जनप्रशासन पाक्षिक तथा जनप्रशासन डटकमका प्रधानसम्पादक माधव नेपाललाई अग्निशिखा स्मृति पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेपालसहित अन्य छ पत्रकारलाई सम्मान गरेका छन् ।चौतारीले हरेक स्थापना दिवसको अवसरमा प्रदान गर्ने बिभिन्न बिधाका पुरस्कार मध्ये अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रधानसम्पाद नेपाललाई प्रदान गरिएको हो । सम्पादक नेपाल प्रेस चौतारी नेपालमा ०५६ सालदेखि जिल्ला सदस्य,जिल्ला सचिव,जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य,केन्द्रीय सचिव,केन्द्रीय महासचिव र केन्द्रीय बरिष्ठउपाध्यक्ष भएका व्यक्ति हुन् । ०५५ सालदेखि पत्रकारितामा संलग्न नेपालले बिभिन्न टेलिभिजनलगायत पत्रपत्रिका र अनलाईनमा काम गरेका छन् ।
त्यसैगरी चौतारीले स्थापना गरेको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ । अन्नपूर्ण पोस्ट्कै रौतहट संवाददाता फणिदेव महतलाई वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, रुकुमपूर्वका महेश केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, रामेछापकी यसिमा महतलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार र काभ्रेकी काजल तामाङलाई सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।
पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्ल्भ नेपालको निर्णायक मण्डलले उक्त पुरस्कृत हुनेहरूको नामावली छनोट गरेको थियो ।
News Desk 0 response सोमवार, माघ २२, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


