• काठमाडौं : काठमाडौं जिल्ला अदालतले अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा १४ (६) वमोजिम अदालतले उक्त आदेश दिएको हो ।

    बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अनियमित रुपमा आफ्नो नाममा बनाएको भन्दै व्यवसायी अरुण चौधरी लगायतका व्यक्तिहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि कीर्ते र ठगी सम्बन्धी कसुरमा म्याद लिई अनुसन्धान भइरहेको छ ।