

-
काठमाडौं : जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरूण चौधरी, छालाजुुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको हिजोको इजलासले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । प्रहरीले उनीहरुमाथि कीर्ते मुद्दामा अनुसन्धान गर्ने भएको छ ।
कीर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सीआईबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
यसैबीच व्यवसायी अरुण चौधरीलाई कीर्ते मुद्दामा पक्राउ गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएका छन् । प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसङ्घले असन्तुष्टि जनाएको हो ।
यस्तै, महासङ्घले पनि आर्थिक समस्यासँग जुधिरहेको बेलामा उद्योगी व्यवसायीमाथि सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएको छ ।
News Desk 0 response शुक्रबार, माघ १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


