

-
इजलायलको अन्धाधुन्ध आक्रमणका कारण प्यालेस्टिनको गाजाका बालबालिका घाइते, भोक र एक्लोपनामा बस्न बाध्य भएका छन् ।
बीबीसीले गरेको खोज समाचारअनुसार गाजामा झन्डै चार महिनाको अवधिमै ११ हजार पाँच सय जना बालबालिकाले ज्यान गुमाएका छन् । हजारौँ बालबालिका घाइते अवस्थामा छटपटाइरहेका छन् । उनीहरूले राम्रोसँग उपचार र खानेकुरा पाएका छैनन् । कैयौँ नवजात शिशुका आमाबुवा मारिएका छन् वा हराइरहेका छन् ।
सुत्केरी हुन ठिक्क परेको बेला इजरायली आक्रमणमा हन्ना अबु अम्शाको ज्यान गयो, उनको पेट चिरेर डाक्टरले एउटी छोरी निकालेका थिए । अहिले एक महिनाको उमेरकी शिशुको नाम डाक्टरले हन्ना अबु अम्शाकी छोरी राखिदिएका छन् । शिशुले आमाको काखमा बस्न पाइनन्, आमाले छोरीको अनुहारसमेत देख्न नपाई प्राण त्यागिन् । शिशुका बुबा कहाँ छन् थाहा छैन, आफन्त पनि भेटिएका छैनन् ।
गाजामा यस्ता हृदयविदारक हजारौँ दृश्य देखिने डाक्टरहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आमाबुबा गुमाएका नवजात शिशुको स्याहार र उपचार गर्दा आफूहरूको मुटु छियाछिया हुने उनीहरूको भनाइ छ । गाजामा २४ हजारभन्दा धेरै बालबालिकाले आमा, बुवा वा आमाबुवा दुवै गुमाएका छन् । उनीहरूको जीवन रक्षा र हेरचाह ठूलो चुनौती बनेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
अभिभावक र आफन्तको टुङ्गो नभएका केही बालबालिका सडकमा भौतारिरहेका भेटिन्छन् । धेरै बालबालिका डर र एक्लोपनामा बाँचिरहेका छन् । छिनछिनमा हुने इजरायली आक्रमणका कारण कैयौँ बालबालिकाको होस गुमेको छ । युनिसेफले गाजाका लगभग सबै बालबालिकालाई अब मानसिक स्वास्थ्य सहयोगको खाँचो रहेको बताएको छ । युद्धले गाजाको सिङ्गो नयाँ पुस्ता नै सङ्कटमा परेको र अब युद्ध रोकिए पनि बालबालिकाको जीवन सहज नहुने देखिएको छ । समुद्रको पानी ‘फिल्टर नगरि पिउँदा सयौँ बालबालिका बिरामी परेका छन् ।
News Desk 0 response बुधबार, माघ १७, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


