

-
काठमाडौं : युक्रेनको सुरक्षा सेवाले सेनाले हतियार खरिद गर्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा गरेको बताएको छ । भ्रष्टाचारको आरोपमा रक्षा मन्त्रालयका पाँच जना वरिष्ठ व्यक्ति र एक जना हतियार आपूर्तिकर्तामाथि अनुसन्धान भइरहेको सुरक्षा सेवाले बताएको छ ।
सन् २०२२ मा १ लाख वटा मोर्टार गोलाहरूको लागि भएको सम्झौतामा अग्रिम भुक्तानी गरिएको थियो, केही रकम विदेशमा स्थानान्तरण गरिएको थियो । तर निकै कम मात्रामा हतियार भित्रिएको सुरक्षा सेवाले जनाएको छ । एक जना आरोपीलाई युक्रेन छाड्दै गर्दा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
अर्को एक ठूलो भ्रष्टाचारको काण्डमा गएको अगस्टमा राष्ट्रपति भोलोदोमिर जेलेनेन्सीकले कयौँ व्यक्तिलाई पदबाट हटाउनु भएको थियो । भ्रष्टाचारका मुद्दाहरूले युक्रेनलाई वर्षौंदेखि सताउँदै आएका छन् । भ्रष्टाचारकै कारण युरोपेली संघमा आवद्ध हुने युक्रेनको योजना पछाडि धकेलिँदै आएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२२ को भ्रष्टाचार धारणा सूचकाङ्कमा युक्रेन १८० देशहरूमध्ये ११६ औँ स्थानमा रहेको बताएको थियो । भ्रष्टाचारको हिसाबमा लगातार उकालो लाग्ने देशहरुमा युक्रेन एक हो । पछिल्लो एक दशकमा युक्रेन भ्रष्टाचार बढी हुने देशको २८ स्थान माथि उक्लिसकेको छ ।
News Desk 0 response सोमवार, माघ १५, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


