• नवलपरासी : सडेको मासु बिक्री गर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–९ मा रहेको होटल राप्ती मुनाललाई अनुगमन टोलीले पाँच हजार रुपैयाँ जरिबाना तिराएको छ ।

    होटलमा सडेको खाद्य सामग्री भेटिएको, चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा खाद्य गुणस्तरमा ध्यान नदिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिए ।

    गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको गुनासो आएपछि आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा अनुगमन गरेको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिए ।