

भिजिट भिसासम्बन्धी पुरानो कार्यविधि खारेज, यस्तो आयो नयाँ नियम
कार्यविधि जारी भएलगत्तै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ,भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको छ छ ।
-
काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे कार्यविधि खारेज गर्दै ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । यसअघिको कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै गृहमन्त्रालयले नयाँ कार्यविधि बनाएर जारी गरेको हो ।

राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक र्ने व्यवस्था गरिएको नयाँ कार्यविधि बुधबारदेखि लागू हुनेछ । यसअघिको १७ बुँदे कार्यविधि अव्यवहारिक भएको चौतर्फी आलोचनापछि गृहसचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ कार्यविधि जारी गरेका हुन् ।

नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल बताए । उनका अनुसार भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट १७ बुँदे कार्यविधि जारी भएको थियो । तर, उक्त कार्यविधिले दलाललाई चलखेल गर्न मलजल पुर्याएका र जसले गर्दा विमानस्थलको प्रणालीमा नै प्रश्न चिन्ह खडा गरेको हमालको भनाई छ ।

कार्यविधि जारी भएलगत्तै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ,भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको छ छ । यस अघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार ९सचिवस्तर० को निर्णय नेपाल सरकार ९मा।उपप्रधान तथा गृहमन्त्रीस्तर०बाट खारेज भई नयाँ ६ बुँदे कार्यविधि जारी भएको छ । यसर्थ घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरूलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नु अघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नु हुन अनुरोध छ ।’
News Desk 0 response मङ्लबार, माघ ९, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


