

-
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको बताएका छन् ।
अमेरिकासहित इजरायलका सहयोगी देश र विपक्षी देशहरूले पनि लामो समयदेखि निष्क्रिय रहेको दुई राज्यको अवधारणा बिउँताउन आग्रह गरेका छन् । उनीहरूको प्रस्तावअनुसार इजरायल र प्यालेस्टिन सँगसँगै अवस्थित दुई देश हुनेछन् । धेरैले हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न यो एउटा व्यावहारिक विकल्प हुने बताएका छन् । तर नेतन्याहूले प्रस्तावलाई सिधै अस्वीकार गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा एउटा प्रश्नको उत्तर दिँदै उहाँले पूर्ण विजय प्राप्त नगरुन्जेल गाजामा आक्रमण जारी राख्ने पनि बताएका बीबीसीले जनाएको छ । यसअघि हिजो नेतन्याहूले जोर्डन नदीको पश्चिममा रहेको सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भनेका छन् ।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म झन्डै २५ हजार मानिसको ज्यान गएको छ । ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ । धेरै इजरायली अब हमासको नियन्त्रणमा रहेका बन्धकहरू फिर्ता गरेर युद्ध रोक्नुपर्ने पक्षमा देखिन थालेका पनि बीबीसीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, माघ ५, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


