

-
काठमाडौँ । राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो ।
आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गर्नेछन् । घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा राखिएको उहाँले बताउनुभयो । पुरुषतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला सहभागी सबैलाई जनही रु पाँच हजार पुरस्कार दिइनेछ ।
प्रतियोगिता आयोजनाका लागि सङ्घका अध्यक्ष कर्णिकार, टिभीएसका ब्यापार तथा बिक्री वितरण महाप्रबन्धक दीपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी तथा मित्सुविसी र लिओन मोटर्सका प्रतिनिधि निभा सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अध्यक्ष कर्णिकारले प्रतियोगितामा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले अबका दिनमा जनस्तरमा लगिने बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



