

हेलो सरकारको गुनासो सुनुवाई कक्षमा जानै मान्दैनन् कर्मचारी
अन्तबाट सरुवा गराएर प्रधानमन्त्री कार्यालयमा आउने र आकर्षक कार्यालयमा सरुवाका लागि वातावरण मिलाएर हिँड्ने प्रवृत्ति छ
-
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निकै तामझामसहित सुरु गरेको हेलो सरकारमा कर्मचारी नै टिक्न छोडेका छन् ।
सरकारी कर्मचारीले गुनासो सम्बोधनलाई प्राथमिकतामै नराखेको हेलो सरकारको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।गुनासो सुन्ने अधिकारी नै तोकिए पनि तिनले वास्ता गर्दैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीका अनुसार हेलो सरकारमै पनि कर्मचारी टिक्दैनन् । अन्तबाट सरुवा गराएर प्रधानमन्त्री कार्यालयमा आउने र आकर्षक कार्यालयमा सरुवाका लागि वातावरण मिलाएर हिँड्ने प्रवृत्ति छ ।
सरकारले आम नागरिकको गुनासो सुन्ने र तत्काल कारबाही पनि गर्ने बताइरहँदा त्यस्ता गुनासा फर्छौट पनि कम छ । बेवास्ता हुन थालेपछि गुनासो गर्नेहरु पनि कम हुनु स्वाभाविक हो ।
सरकारी निकायमा भएका ढिलासुस्ती र घुसखोरी जस्ता बेथितिको गुनासो गर्ने अवस्था बढेको छ ।
सरकारले नागरिकका गुनासो सुन्न अहिले चौबिसै घण्टा हेलो सरकार कक्षमा कर्मचारी खटाएको छ । नागरिकका गुनासो सुन्ने र समाधान गर्ने विषयलाई सरकारले प्राथमिकतामा पनि राखेको छ ।आर्थिक वर्ष २०७९–८० मा हेलो सरकारमा १२ हजारको हाराहारीमा उजुरी परेको थियो । ती मध्ये पाँच हजार आठ सयवटा गुनासोको सुनुवाई भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८–७९ मा ५६ प्रतिशत र २०७७–७८ मा ६७ प्रतिशत उजुरीको सुनुवाई भएको प्रतविेदनले देखाउँछ ।
हेलो सरकारमा प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित सबैभन्दा बढी गुनासो आउने गरेका छन् । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, सडक विभागसँग सम्बन्धित गुनासो धेरै छन् । यातायात व्यवस्था विभाग, नेपाल टेलिकम, राहदानी विभाग र अस्पतालसँग सम्बन्धित गुनासोको पनि ओइरो लागेको छ । मन्त्रालयअनुसार सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित उजुरी आउने गरेका छन् । तर यी निकायले त्यस्ता उजुरीको वास्ता नै नगर्ने प्रवृत्ति छ ।
राति पनि काम गर्नुपर्ने र अतिरिक्त भत्ता नपाएको गुनासो कर्मचारीको छ ।
News Desk 0 response मङ्लबार, पुस २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


