• काठमाण्डौ : बझाङको चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    गएराति पुरानो बसपार्क नजिक डोजर दुर्घटना हुँदा बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।

    बसपार्कबाट जयपृथ्वी नगरपालिकाको कार्यालयतर्फ जाँदै गर्दा डोजर सडकबाट खसेको र कठायतको सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको चौधरीले जानकारी दिए ।