

-
तातोपानी ।
शेर्पा समुदायको बाक्लो बस्ती रहेको भोटेकोशीमा शेर्पा पहिचानमा समस्या आएको छ । अघिल्लो पटक निर्वाचित स्थानीय सरकारले शेर्पा पहिचानका लागि पहल गरेर जिल्ला प्रशासन कार्यालयमा ध्यानकर्षण गराएपनि अहिले त्यस बारेमा बेवास्ता गर्दा पहिचान गुम्ने खतरा रहेको शेर्पाहरु बताउँछन् ।पुर्खाहरु १ हजार बर्ष भन्दा पहिलेदेखि यहाँ बसोवास गरेको र शेर्पा रहनसहन र भेषभुषा प्रयोग गर्दै आएपनि पछिल्लो समय थरमा तामाङ र लामा लेखिएकोमा यहाँका शेर्पाहरु खुशी छैनन् ।
उस्तै रहनसहन र भेषभुषा प्रयोग गर्नेले शेर्पा थर लेखेको तर, केहीलाई तामाङ र लामा लेखिदिएपछि अघिल्लो पटक चयन भएको स्थानीय सरकारले निर्णय नै गरेर शेर्पा लेख्न खोज्नेलाई सो अनुरुप अवसर दिन जिल्ला प्रशासनलाई अनुरोध गरिएको थियो ।
भोटेकोशी गाउँ पालिका वडा नम्वर एकका तत्कालिन अध्यक्ष मुके शेर्पाले यस बिषयमा अगुवाई गरेर जिल्ला प्रशासन कार्यालयमा प्रकृयाका लागि अनुरोध गरिएको तत्कालिन गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले वताए ।
बिगतमा शेर्पाावाहेकका जनप्रतिनिधि हुँदा पहल गरेपनि अहिले शेर्पा समुदायकै बहुमत जनप्रनिधि हुँदा पनि यस बिषयमा खासै वास्ता नगरेको स्थानीय डुजाङ शेर्पा बताउँछन् ।
बिगतमा राजकुमार पौडेल पालिका अध्यक्ष र अन्यजातका जनप्रतिनिधिको बाहुल्यता भएको भोटेकोशीमा यस पटक अध्यक्ष,उपाध्यक्ष र पाँच वडामध्ये चार वडा अध्यक्ष शेर्पा समुदायकै निर्वाचित भएका छन् । पहिलो पटक जनगणना हुँदा टाठावाठा र गणकले अधिकांशलाई तामाङ थर राखिदिएका कारण शेर्पाको पहिचान हराउन थालेको पूर्ववडाअध्यक्ष मुके शेर्पा बताउँछन् ।
शेर्पाका अनुसार तत्कालिन गाउँपञ्चायत, गाउँ विकास समितिले निर्णय गरेर शेर्पा थर राख्न दिईएको थियो । तर, जिल्ला प्रशासनको ढड्डामा अझै तामाङ र लामा नै लेखिएको पाईएकाले अघिल्लो पटक निर्वाचित पालिकाको बैठकले निर्णय गरेर जिल्ला प्रशासनमा अनुरोध गरिएको हो । आफूसँग भएको नागरिकतामा शेर्पा थर कायम भएपनि पुरानो ढड्डामा अझै तामाङ लेखिएको कारण धेरै समस्या आएको शेर्पा बताउँछन् । त्यसका लागि बर्तमान जनप्रतिनिधिहरुले चासो नराखेको स्थानीय डोक्पा शेर्पा बताउँछन् ।
News Desk 0 response सोमवार, पुस १६, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


