• काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा समेत मान्यता नदिएको स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत स्वर्ण पदक ल्याएका छन् ।

    भारतको हैदरावादमा सम्पन्न भएको १०औं वल्र्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालले १६ स्वर्ण पदक ल्याएको हो । बिभिन्न १६ देशका खेलाडी सहभागि रहेको यो प्रतियोगिता पुष २ देखि ५ गतेसम्म सञ्चालन भएको थियो ।

    हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एसियाका १६ देश थिए । प्रतियोगितामा काठमाडौकी अमृता खड्का शेर्पाले दुई बिधामा स्वर्ण पदक पाएकी छन् । च्याम्पियन अफ च्याम्पियन्स पदक पनि उनले नेपालको झण्डा फहराएर प्राप्त गरेकी छिन् ।

    पुरुषतर्फ भने काठमाडौं तिनचुलीका सानुकान्छाले गुड पर्फमेन्स उपाधि प्राप्त गरेका छन् । महिला सिनियरतर्फ (८० केजी ) भक्तपुरकी सरु लाखजूले दोस्रो स्थान हासिल गरेकी छिन् ।

    सिनियर पुरुपतर्फ पनि भक्तपुरकै रत्नसुन्दरले स्वर्ण पदक हासिल गरेका छन् । भक्तपुरकै राजेश सुवालले पनि आफ्नो बिधामा द्धितीय स्थान हासिल गरेका छन् । यो प्रतियोगितामा नेपालली टोलीले स्वर्ण,कास्य र रजत गरेर ३४ उपाधि रक्षा गर्दै उत्कृष्ट टिममा परेर समग्रमा दोस्रो स्थान हासिल गरेको छ ।


    नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ ।

    विश्वमा यो खेल भारतको कलकत्ताबाट सुरु भएको हो । सन् २००४ मा सुरु भएको यो खेल भारतमा लोकप्रिय खेलका रुपमा छ ।
    विश्वमा अहिलेसम्म २० वटाभन्दा बढी देशहरूमा यो खेल औपचारिक रुपमा खेलिन थालेको छ । नेपालमा भने सन् २०२१ देखिमात्रै यो खेल सुरु भएको जनाइएको छ ।


    हैदरावादमा पुस २ देखि ६ गतेसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपालले कुल १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको थियो । यो प्रतियोगितामा मोरङकी दीपा बिष्टले ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी छन् ।