• ८ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।

    कारोबार रकम भने करिब १ वर्षकै उच्च भएको छ । दिनभर कुल ७ अर्ब ११ करोडको कारोबार भयो । यो कारोबार रकम २६ पुस २०७९ यताकै उच्च हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।

    ७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढे ।

    लगानी र व्यापार समूह सबैभन्दा धेरै घटे । लगानी ३.८ र व्यापार समूह ३.११ प्रतिशत घटे । उत्पादन समूह २.७, बैंकिङ १.५, विकास बैंक १.३, फाइनान्स १.६, होटल तथा पर्यटन १.४ र माइक्रोफाइनान्स सूचक १.३ प्रतिशत घटे ।