

-
ईटालीमा चलिरहेको फेयर एक्पोमा नेपाली ठगिएपछि व्यापक अलोचना भएको छ । बिश्वभरका उत्पादनसहित नेपाली उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । तर, एजेन्टका कारण नेपाली उत्पादनका सामाग्रीको अवमुल्यन भएका छन् ।
यहाँ १ सय २ वटा नेपाली स्टलहरुमा नेपाली उत्पादन प्रदर्शनीमा राखिएका छन् । तर, नेपाली एजेण्ट सागर थापा र सरोज थापाले नै नेपाली उत्पादन भनेर भारतीय र चीनका सामान प्रदर्शनमा राखेको एक नेपाली व्यवसायीले बताए । थापा दुईभाईले नेपालीका १ सय २ स्टल मध्ये ८ वटा आफुले हत्याएका छन् । उनीहरुले मुख्य मुख्य चोक र अग्रभागमा आफुले स्टल लिएका छन् । भित्री भागमा मात्र अन्य व्यवसायीलाई स्टल दिएका छन् ।
स्टलभाडा बापत लिएको ४६ सय १० युरोमा पनि उनीहरुले कमिशन लिएकोमा नेपाली व्यवसायीले बिरोध गरेका थिए । थापा दुईभागको स्टलमा नेपाली पश्मिना भनेर भारत र चीनमा निर्मित पश्मिनाका सामान राखेको कारण अवलोकनकर्ताले अलोचना गरेपछि यो रहस्य खुलेको हो । नेपाली सामान लैजाँदा भाडा महंगो पर्ने कारण पनि भारतीय र चिनियाँ सामानलाई नेपाली ब्राण्ड भनेर प्रदर्शनमा राखिएको रहस्य खुलेको हो ।
काठमाडौमा गोप्य कार्यालय सञ्चालन गरेर तालिमको नाटक मञ्चन गर्दै मोटो रकम लिएर प्रदर्शनीको नाममा अवैध मानिसलाई पनि युरोप प्रवेश गराएको आरोप उनीहरुलाई छ । एउटा स्टल बरावर ६ सय पचास युरो कमिशन र दश दिनको स्टल भाडाबापतको ४६ सय १० युरोमा पनि उनीहरुले १५ प्रतिशत कमिशन खाने गरेका छन् ।
काठमाडौं बाट ईटाली उड्नु अघि नै तालिम बापत भनेर ४० हजार लिएको व्यवसायीहरुको गुनासो छ । ‘प्रदर्शनमा गएका नेपाली व्यापारीहरु घाटामा छन् तर हामीलाई नै ठगेर उनीहरुको करोडौं कमाई छ । ’एक व्यावसायीले भने,‘हरेक व्यवसायी ६ देखि ७ लाख घाटामा छन् ।’
काठमाडौंमा भएको सहमति अनुसारको सेवासुबिधा पनि पाएका छैनन् । तर, एजेण्डका रुपमा काम गर्ने थापाहरुले नेपाली नै ठगेर करोडौं रुपैयाँ कुम्ल्याएका छन् ।पीडित व्यवसायीले पश्मिना संघ, उद्योग वाणिज्य संघ तथा अन्य निकायमा पनि कुरा राखेको प्रदर्शनमा सामानसहित सहभागिले बताए । तर, उनीहरुले यस वारे कुनै चासो राखेका छैनन् । नेपाली उत्पादनको पश्मिना भनेर भारत र चीनका सामान प्रदर्शनमा राखेर देशकै बेईज्जत गर्दा पनि नेपाली निकायले एक्सन लिन नसक्नु दुर्भाग्य भएको एक व्यवसायी बताउँछन् ।
News Desk 0 response सोमवार, मंसिर २५, २०८०

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



